अझै केही दिन भारी वर्षा हुने  

Heavy rainfall barsa

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ ।

झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएरातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले बताए ।

उनले भने, ‘मनसुन नेपालमा बढी सक्रिय भएकाले देशभर बदली र वर्षा हुने देखिन्छ, यसअघि वर्षा भए पनि मनसुन धेरै सक्रिय नहुँदा पर्याप्त वर्षा भएको थिएन, तराईका पूर्वी र मध्य भेगमा भारी वर्षा हुने सम्भावना छ’ ।

जल तथा मौसम विज्ञान विभागले पनि बिहीबार विज्ञप्ति जारी गरी २ दिन भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस