खाल्टाखुल्टी पुर्ने कार्यमा तीव्रता –प्रमुख पराजुली

Bhim parajuli

विराटनगर, । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरका खाल्टाखुल्टी पुर्ने कार्यलाई तीव्रता दिएको बताए ।

विराटनगर महानगरपालिकाले शुक्रबार महानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नगर क्षेत्रका १५ हजार विद्युतीय खम्बामा चिम जडान गर्ने तथा अवरुद्ध भएका नाला खोलेर पानी निकासको कार्यलाई तीव्रता दिने बताए ।

प्रमुख पराजुलीले नगरसभा बैठक भदौ १८ गते बस्ने जानकारी गराउँदै करको दर वृद्धि नहुने तर करको दायरा बढाउन सकिने स्पष्ट पारे ।

कृष्णजन्माष्टमीको भोलीपल्ट विराटनगरमा हुने ऐतिहासिक रथयात्राको अवसरलाई ध्यानमा राखेर साउन ३१ गते स्थानीय बिदा दिने पनि उनले जानकारी गराए ।

यसका साथै, नगर प्रमुख भीम पराजुलीको अध्यक्षतामा नगरको कूल आय प्रक्षेपण तथा सोको सन्तुलित विवरणको खाका तयार गर्न बजेट सीमा निर्धारण समिति गठन गरिएको छ भने उपप्रमुख इन्दिरा कार्कीको अध्यक्षतामा राजश्व परामर्श समिति र बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको छ ।

यसैबीच महानगरपालिकाको तेस्रो बैठकले ७ विभिन्न प्रकारका समितिसमेत गठन गरेको छ । जसअनुसार, सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा विनोदकुमार बस्नेत, सामाजिक विकास समितिको संयोजकमा बलदेव यादव, पूर्वाधार विकास समितिको संयोजकमा देवेन्द्रराज पोखरेल रहेका छन् ।

त्यस्तै विधेयक समितिको संयोजकमा मीनकुमार आचार्य, आर्थिक विकास समितिको संयोजकमा मनोज सुब्बा, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा विजय कामत र बजार अनुगमन समितिको संयोजकमा निश्चल आचार्यलाई चयन गरेको छ ।

सो अवसरमा महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले नगरको सरसफाइ, फोहर व्यवस्थापन, खाल्टाखुल्टी पुर्ने, चिम जडानलगायतका विषयमा जानकारी गराए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...