स्वदेशमा नै युवालाई रोजगार दिनुपर्ने : मन्त्री मन्सुर

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर

काठमाडौँ, । बेरोजगार युवालाई रोजगारको अवसर दिलाउने उद्देश्यले ‘जव एण्ड करिअर फेयर’ जागिर र अवसर मेला शुक्रबार
देखि शुरु भएको छ ।

उनले मेलाले शिक्षित युवालाई रोजगार दिनका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘अहिले पढेर पनि धेरै नेपाली युवा शिक्षित छन् । उनले भने –‘‘‘त्यस्ता पढेका तर बेरोजगार युवालाई यस मेलाले रोजगारको अवसर दिलाउन मद्दत गर्नेछ ।’

मन्त्री मन्सुरले सरकारका तर्फबाट पनि यस्ता मेलालाई प्रोत्साहन गर्ने धारणा राखे । उनले अहिले सरकारले स्वदेशमा नै युवालाई रोजगारको अवसर दिने योजना बनाइरहेको जानकारी दिए ।

कार्यक्रममा आसाम डाउन विश्वविद्यालयका कुलपति डा नरेन्द्र नाथ र सामुदायिक क्याम्पस संघका अध्यक्ष भोला ओझाले बेरोजगार युवालाई एकै छानामुनि रोजगारको अवसर दिन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

शनिबारसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधैँ सम्पर्क गराई जागिरको अवसर दिलाउन मेला आयोजना गरिएको कार्यक्रम संयोजक शङ्कर भट्टराईले जानकारी दिए ।

मेलामा नेपालका १८ र भारतका २ कम्पनीले सिधैँ रोजगारको अवसर दिनेछन् । मेलाबाट ती कम्पनीले आफूलाई आवश्यक जनशक्ति छनोट गर्नेछन् ।

भट्टराईका अनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोमलगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् ।

मेलामा युवाले आफ्नो व्यक्तिगत विवरण ती कम्पनीलाई बुझाउने छन् र ती कम्पनीले मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारी छान्ने छन् । मेलामा युवा विद्यार्थीलाई व्यक्तिगत विवरण बनाउन पनि सिकाइने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...