सप्तरीका बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तिव्र पार्न शर्माको निर्देशन  

Janardan

काठमाडौ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवा स्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थाले पछि उद्धार कार्य तिव्र बनाउन् निर्देशन दिएका छन् ।

गृहमन्त्री शर्माले शुक्रबार बिहान ईटहरी सडक डिभिजनबाट २ ठुला चेन डोजर त्यस तर्फ उद्धारका लागि पठाउन निर्देशन दिए ।

बाढीका कारण खाडो नदीले बहाव परिवर्तन गरेपछि त्यहाँ रहेको बाँध भत्किने अधिक संभावना भएकोले,चेन डोजर मार्फत नदीलाई पुरानै धारमा फर्काउनका लागिएको छ ।

डिएसपी यादवराज उप्रेती र नेपाली सेनाका मेजर दिपेश राना मगरको नेतृत्वमा प्रहरी, सेना र सशस्त्र प्रहरीका जवानहरु उद्धार कार्यमा खटेका छन ।

बुधबार रातिदेखिको झरीका कारणले सो अवस्था सृजना भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालका अनुसार बाढीका कारण हाल सम्म एक जनाको मृत्यु भई सकेको छ ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी कटवालले जिल्लाकै तिरहुत गाउँपालिका मैनाकडेरी र भेडीयामा पनि डुबानको समस्या आएपछि त्यहाँ उद्धार कार्य जारी रहेको जानकारी गराए । 

प्रतिकृया दिनुहोस