गौरवले ल्याए ‘ठाक्क ठुक्क’

Gaurab vedio

काठमाडौं । लामो समयदेखि गायन क्षेत्रमा जम्दै आएका गौरवनारायण राई संगीततर्फ मोडिएका छन् । उनले संगीत गरेको ‘ठाक्क ठुक्क’ बोलको गीत सार्वजनिक भएको छ ।

लोकेन्द्र पुलामी मगरले राईको संगीतमा तयार भएको गीतको म्युजिक भिडियो ‘ठाक्क ठुक्क’ गीतको भिडियो सार्वजनिक भएको हो ।

‘ठाक्क ठुक्क’ मा सु पुन मगर र अर्पना लिम्बुले अभिनय गरेका छन् । ‘ठाक्क ठुक्क परिरहन्छ’ बोलको गीतको भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका छन् भने अमिर माबोले छायांकन गरेका छन् ।

लोकेन्द्र पुलामी मगरको शब्द र उदयराज पौडेलको संगीत संयोजन रहेको ‘ठाक्क ठुक्क’ गीतको भिडियोमा मलेसियाका सुन्दर दृष्य कैद गरिएका छन् ।

गौरवनारायण राई वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन् । धनकुटको मुगामा जन्मिएका राई मलेसियामै रहेर पनि नेपाली गीतसंगीतको साधनामा क्रियाशील छन् ।

प्रतिकृया दिनुहोस