यसरी राकियो चिकित्सा शिक्षा विधेयक

Gobinda

काठमाडौं । सांसदले अध्ययनका लागि थप समय माग गरेपछि महिला बालिबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिमा पेश भएको चिकित्सा शिक्षा विधेयकबारे छलफल स्थगित भएको छ ।


बिहीबार सिंहरबारमा बसेको समितिको पूर्ण बैठकमा सांसदले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ सम्बन्धमा गठित कार्यदलले पेश गरेको संशोधनसहितको प्रतिवेदनमा अध्ययन गर्नुपर्ने माग गरेपछि बैठकबाट विधेयक पारित हुन सकेन ।
समितिका सभापति रञ्जुकुमारी झा समक्ष कार्यदलका सदस्य जीवन परियारले सरकारबाट सम्बन्ध दिई पूर्वाधार तयार भइसकेका मेडिकल कलेजलाई सञ्चालन अनुमति दिने आशयसहितको प्रतिवेदन हस्तान्तरण गरेका थिए । समितिले गत जेठ २९ गते विधेयकलाई अन्तिमरुप दिनका लागि ‘चिकित्सा शिक्षा कार्यदल’ गठन गरेको थियो ।


कार्यदलले पेश गरेको प्रतिवेदनमा संशोधन विषय
कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा भौतिक पूर्वाधार तयार भई अस्पताल सञ्चालन गरेका मेडिकल कलेजलाई सम्बन्धन दिने प्रावधान राखिएको छ ।  


अनशनरत डा केसीले भने आगामी १० वर्षभित्र उपत्यकाभित्र कुनै पनि मेडिकल कलेजलाई सञ्चालन अनुमति दिन नहुने अडान कायमै राखेका थिएञज्ञ । कार्यदलले हरेक प्रदेशमा सरकारले सार्वजनकि शिक्षण अस्पताल सञ्चालन गर्ने र नभएको प्रदेशमा पाँच वर्षभित्र सञ्चालन गर्ने प्रावधान पनि विधेयकमा थपिएको सांसद जीवन परियारले जानकारी दिए ।


उनले भने, “विधेयकको दफा १३ मा ‘यो ऐन प्रारम्भ हुनुभन्दा पहिले आशयपत्र प्राप्त गरिसकेका र आवश्यक भौतिक पूर्वाधार बनाई मापदण्ड पूरा गरी मेडिकल, डेन्टल वा नर्सिङ विषयको अध्यापन गराउन मेडिकल कलेजलाई ऐनबमोजिम सम्बन्धन दिन बाधा पुग्ने छैन भन्ने वाक्यांश थपेका छौँ ।”


यसअघिको विधेयकको दफा १३ मा मेडिकल कलेजको सम्बन्धन दिने व्यवस्था छ । काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने प्रावधान त्यसमा राखिएको छ । त्यसबाहेक विधेयकका दफा १८ (ग) को उपदफा मा विदेशी विद्यार्थीका लागि निर्धारण गरिएको सिटमा विदेशी विद्यार्थी भर्ना नभएमा नेपाली विद्यार्थीलाई भर्ना गर्दा नेपाली विद्यार्थीका लागि निर्धारण गरिएको शुल्कमा अध्ययन गराउनुपर्ने व्यवस्था थप गरिएको छ । अहिले विदेशी सिटमा विद्यार्थी भर्ना नभएमा उक्त सिट खाली रहने गर्छ ।


सभापतिद्वारा विधेयक पास गर्न दबाबरसांसदद्वारा अस्वीकार
समितिका सभापति रञ्जकुमारी झाले शुत्रलबारदेखि एक हप्ता संसद् बन्द हुने भएकाले प्रस्तुत विधेयक पास गर्न गरेको अनुरोधलाई सांसदले विरोध गर्दै अध्ययनका लागि थप समय माग गरेका थिए ।


माओवादी केन्द्रका सांसद निशा साहले अहिले समितिले विधेयक पास गर्नेबित्तिकै सबै समस्या समाधान नहुने भएकाले विस्तृत अध्ययन र छलफल नगरी अघि बढ्न नहुने विचार व्यक्त गरे ।
नेपाली काँग्रेसका सांसद मुग्दा यादवले सभापतिले एक हप्ता संसद् बन्द हुने कारण देखाउँदै आजै विधेयक पास गर भन्नु गलत भएको भन्दै “यदि विधेयक पास गर्न हतार नै भएको हो भने संसद् बन्द र खुला गर्ने हामी नै भएकाले केहि दिन संसद् खोल्दा के फरक पर्छ,” भनी प्रश्न गरे ।


नेकपा एमालेका सांसद राजेन्द्र पाण्डेले समितिले चिकित्सा शिक्षा विधेयकमा लामो समय खर्चिएकाले धेरै लम्ब्याउन नहुने धारणा राखे ।


गम्भीर बन्दै डा केसीको स्वास्थ्य
बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले डा गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको जानकारी गराएका थिए ।

 
उनले भने, “अहिले उहाँको मुटुको चाल बढेको छ, उहाँको रगतमा आवश्यक तत्वको कमी र अनावश्यक तत्व बढ्दै गएको छ, यस्तो अवस्थामा उहाँलाई एन्टिबायोटिक चलाउनुपर्ने अवस्था छ तर उहाँले मान्नुभएको छैन ।”


“मिर्गौलामा समस्या देखिन शुरु भएको छ, यस्तै अवस्था बढ्दै गएमा अनशनपछि पनि अपांगताको खतरा हुन सक्छ,” सचिव डा रेग्मीले भने । समितिको अर्को बैठक शुक्रबार बिहान ८ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...