नेपालबाट मक्का मदिना जान थाले हजयात्री

Haj makana

काठमाडौं । मुसलमानहरुको एक महत्वपूर्ण पर्वमध्येको एक मानिने हजका लागि नेपालबाट मुस्लिम समुदायका हजयात्रीहरु साउदी अरेबियातर्फ जान थालेका छन् ।

साउदीमा हुने हजका लागि नेपालबाट वर्षेनी मुस्लिम समुदायका हजयात्रीहरु साउदी अरेबियातर्फ जाने गरेका छन् । यो वर्ष नेपालबाट १ हजार २ सय स २० जना हजयात्री साउदी जानेछन् । अघिल्लोे वर्ष नेपालबाट ८ सय हजयात्री साउदी गएका थिए ।

ती बसै हजयात्रीहरु भदौं २ सम्म साउदी पुगिसक्ने छन । साउदी अरेबियाको मक्का मदिनामा जान लागेका हजयात्रीहरुलाई गृहमन्त्री जनार्दन शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगी विदाई गरे ।

सबै हजयात्री भदौं २ सम्म सबै हजयात्री साउदी पुग्ने छन् । सबै हजयात्री एकैपटक जान नसक्ने अवस्था आएपछि क्रमसः साउदी जान लागेका हुन् ।

आर्थिक उपार्जन गर्न सक्ने मुस्लिम समुदायको एक पटक जसरी पनि मक्का मदिना जानैपर्ने हुन्छ । खासगरी हज गर्न जानेहरु सम्पन्न मानिन्छन् । आर्थिक अवस्था कमजोर भएकालाई भने मक्का मदिना जानैपर्ने भन्ने नभएको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समिम अन्सारी बताउँछन् ।

नेपाल, भारत, पाकिस्तान, इन्डोनेसिया, दुबई, कतार, मलेसिया, जोडर्न, टर्की, इरान, इराक, बंगलादेश आदी देशबाट वर्षेनी साउदी अरेवियामा ३० लाख भन्दा बढी मुस्लिम समुदाय पुग्ने गर्छन् ।

प्रत्येक वर्ष गृह मन्त्रालयको समन्वयमा मक्का मदिनामा हज गर्न जाने चलन छ । केन्द्रिय हज समितिका अनुसार हज गर्न जाने व्यक्ति आफैंले खर्च बेहोर्ने गर्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...