काँग्रेसका ३० कार्यकर्ताले दिए संयुक्त राजीनामा

Bajura 12

बाजुरा,। नेपाली काँग्रेस जिल्ला कार्यसमितिका संगठन विभाग प्रमुख तथा सदस्य र पूर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्तरुपमा राजीनामा दिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

नेपाली काँग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानीरुपमा जिल्ला समन्वय समिति बाजुराको प्रमुख, उपप्रमुख र सदस्यहरु छनोटमा एकलौटी गरेकोप्रति असन्तुष्टि जनाउँदै संयुक्त राजीनामा दिएको धनराज पण्डितले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

जिल्ला समन्वय समितिको संयोजक छनोटमा जिल्ला कार्यसमितिको बैठक नै नबसी छनोट गरेको भन्दै नेपाली काँग्रेसका भ्रातृ संघसंगठनका प्रमुखहरुले पनि राजीनामा दिएको तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकायाले बताए ।

नेपाली काँग्रेसका नेताहरुले नीतिलाई लत्याएर आफू मनोमानी गरेको भन्दै ३० जनाले संयुक्त राजीनामा दिएको रोकायाको भनाइ रहेको छ ।

नौवटै स्थानीय तहमा रहेका नेपाली काँग्रेसका भ्रातृ संघहरुले जिल्ला समन्वय समितिको सदस्यका लागि सिफारिस गरेका भन्दा बेग्लै जिससमा पार्टीले एकलौटी छनोट गरेपछि राजीनामा दिएको नेपाल महिला संघ जिल्ला अध्यक्ष अमृता सिंहले बताए ।

नेपाली काँग्रेसको पार्टी सदस्य त्याग्नुका साथै पार्टीको जिम्मेवारीको भूमिकाबाहिर बस्ने गरी ३० जनाले संयुक्त राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा नेपाली काँग्रेसका छजना जिल्ला कार्यसमिति सदस्यमध्ये धनराज पण्डित, उमा रोकाया, गोविन्द सिंहलगायतले राजीनामा दिएका छन् ।

नेपाल महिला संघ जिल्ला अध्यक्ष अमृता सिंह, तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकाया, कोषाध्यक्ष श्रीचन्द्र पाध्याय, नेपाल दलित संघ केन्द्रीय सदस्य वीरबहादुर विक, बडिमालिका नगरपालिका नगर कार्यबाहक सभापति धनलाल पाध्यायले र पूर्व जिल्ला कार्यसमिति सल्लाहकार संयोजक देवबहादुर रोकायाले पनि राजीनामा दिएको पत्रकार सम्मलेनमा जानकारी गराइएको हो ।

नेपाली काँग्रेस स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी भएको छ । जिल्ला सञ्चालन गर्न नेपाली काँग्रेसको काँधमा आएको भए पनि केही नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...