“नेपाली जुटौँ बाल विवाह रोकौँ” अभियानको राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

कुरीति र परम्पराको अन्त्य गर्नु पर्नेमा जोड

Rastpati

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर नेपालमा विद्यमान बालविवाह, दाइजो प्रथा, बालश्रम, छाउपडीजस्ता विभिन्न प्रकारका कुरीति र परम्पराको अन्त्य गर्नुपर्ने बताएकी छन् ।

सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्र्ड भिजनले संयुक्तरूपमा शुरु गरेको बालविवाह अन्त्यको अभियानको आज शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समाजमा व्याप्त कुप्रथाले देशको समग्र आर्थिक विकासमा नै नकारात्मक प्रभाव पारेको हुँदा सबै मिलेर त्यसको अन्त्य गर्नुपर्छ भनिन् ।

राष्ट्रपति भण्डारीले भनिन् ,बालविवाहका कारण बालबालिकाको मानव अधिकार हननमात्र भइरहेको छैन यसले मुलुकको समग्र पक्षलाई असर गरेको छ, त्यसैले सबै मिलेर बालबालिकालाई उचित शिक्षा दीक्षा प्रदान गर्ने अवसरको सिर्जना गर्दै मानवअधिकारको प्रत्याभूति गराउनुपर्छ ।”

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले भएका ऐन कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतनामार्फत बालविवाह अन्त्य गर्नुपर्छ भने ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले बाल अधिकारसम्बन्धी ऐन अब केही दिनमै संसद्मा पेश गर्ने तयारी भइरहेको जानकारी गराउँदै त्यसको प्रभावकारी कार्यान्वयन गरिने बताइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बालविवाह अन्त्यका लागि अभियान सञ्चालन, कानूनको कडा कार्यान्वयन र सामाजिक सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

विश्वमा बाल विवाह घटेको भएपनि नेपाल जस्ता विकास उन्मुख देशहरुमा अत्याधिक मात्रामा बाल विवाह हुने गरेकाले यस अभियानबाट बाल विवाह अन्तय गर्ने लक्ष्य तय गरिएको छ । यस अभियानले समुदायमा चलिआएका प्रचलनहरुमा सुधार तथा सरकारी प्रणालीलाई सबलीकरण गरी बाल विवाह रोक्ने कार्यमा सहयोग गर्ने छ ।

सन २०२१ सम्म संचालन गरिने यस अभियानमा बाल सशक्तीकरण ,संरक्षण रोकथाम,साझेदारी र पैरवी जस्ता रणनिती तय गरिएको राष्ट्रय युवा परिषदका उपाध्यक्ष माधव ढुङगेलले बताए ।

अभियान संचालनका क्रममा सचेतना र जागरण ,अनुसन्धान तथा विश्लेषण,राष्ट्रिय स्तरका परामर्श,संरक्षण सम्बन्धी कानुन,प्रणाली संयन्त्रहरुको सवलीकरण, विभिन्न धार्मिक आस्थामा रहेका समुदायहरु संग छलफल गर्ने क्रियाकलापहरु संचालन गरिने अकोराबका अध्यक्ष सुवास खतिवडाले बताए ।

हाल नेपाल एसियाका बाल विवाह उच्च दर रहेका देशहरुमा तेस्रो स्थानमा रहेको छ । पहिलो बंगलादेश र दोस्रो स्थानमा भारत रहेको छ । युनिसेफको तथ्यांकअनुसार संसारमै दक्षिण एसियामा बालविवाहको दर सबैभन्दा उच्च छ ।

सन् २०१६ को तथ्यांकअनुसार नेपालमा एक तिहाइभन्दा बढी बालिका अर्थात् ३७ प्रतिशत बालिकाले १८ वर्ष उमेरभन्दा पहिला र १० प्रतिशतले १५ वर्ष उमेरभन्दा पहिला विवाह गरिसक्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...