१३ औँ सागका ५ भन्दा बढी खेल पोेखरामा हुदैँ

Gol

पोखरा, । नेपालमा १३ औँ दक्षिण एसियाली खेलकुद साग आयोजनाको तयारी भइरहँदा पर्यटकीय नगरी पोखरामा ५ भन्दा बढी खेल हुने विषयले यतिखेर यहाँ चासो चर्चा बढाएको छ ।

अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको पोखरामा पहिलोपटक हुने क्षेत्रीयस्तरको साग प्रतियोगितालाई विशेष महत्वको कार्यक्रमका रुपमा पनि लिइएको छ ।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गत मंगलबार पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेर पूर्वाधार तयार गरिसक्न निर्देशनसमेत दिए ।

आगामी सागमा पोखरामा ५ भन्दा बढी खेल खेलाउने सोचका साथ तयारी अघि बढाउन मन्त्रालयले खेलकुद विकास समितिका पदाधिकारीलाई निर्देशन दिइसकेको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्ले पनि पोखरामा विभिन्न ५ वटा खेल खेलाउने यसअघि नै प्रस्ताव गरिसकेको थियो ।

परिषद्का सदस्यसचिव केशवबहादुर विष्टका अनुसार पोखरामा भलिबल, ह्यान्डबल, महिला फुटबल, आर्चरी र ट्रायथोलनका प्रतियोगिता खेलाउने लगभग तय भइसकेको छ ।

यी खेलका अतिरिक्त ब्याडमिन्टन, लङ टेनिस खेल पनि पोखरामा गर्न सक्ने सम्भावना रहेको उनले जानकारी दिए ।

आगाामी सन् २०१९ को मार्चमा नेपालले १३ औँ सागमा विभिन्न २५ प्रकारका खेल खेलाउने भएको सदस्य सचिव विष्टले जानकारी दिए । भारतमा सम्पन्न १२औँ सागमा २३ प्रकारका खेल खेलाइएको थियो ।

पोखरामा भलिबल, ह्यान्डबल, आर्चरी, ट्रायथोलनका लागि पूर्वाधार लगभग तयारी अवस्थामा रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

पोखरा रंगशालाको ४ सय १७ रोपनी क्षेत्रफलमा विभिन्न खेलका लागि संरचना निर्माण भइरहेका छन् । अहिले बनिरहेको कभर्ड हल साग लक्षित छ । कभर्ड हल निर्माण अन्तिम चरणमा पुगेको छ । सबैजसो इन्डोर गेम त्यसमा गर्न सकिन्छ ।

सम्भावना रहेर पनि आवश्यक पूर्वाधारकै अभावमा पोखराले यसअघि विभिन्न खेलका अवसर गुमाउने गरेको खेलकुद सम्बद्ध व्यक्तिको गुनासो थियो ।

दक्षिण एशियाली खेलकुदका केही प्रतियोगिता हुनु समग्र पोखराका लागि नै गौरवको विषय भएको बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराईले बताए ।

अन्तर्राष्ट्रिय खेलाडी बस्ने किसिमका स्तरीय होटल तथा अन्य पूर्वाधार पोखरामा रहेको पर्यटन व्यवसायी एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य भट्टराईले उल्लेख गरे ।

यसअघि सार्क मन्त्रिपरिषद्को बैठक सम्पन्न हुनुका साथै बेलायती राजकुमार ह्यारी, भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीजस्ता विशिष्ट व्यक्तिले औपचारिक भ्रमण गरिसकेको पोखरामा दक्षिण एशियाली खेलकुदका केही प्रतियोगिता सञ्चालन हुनुले अन्तर्राष्ट्रियस्तरमा यहाँको यहाँको महत्व अझ बढ्ने सम्बद्ध व्यक्तिले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...