जात्रामा झडप हुँदा १० घाइते, नियन्त्रणमा लिन हवाई फायर

नुवाकोट । नुवाकोटमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच झडप भएको छ ।

बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डलबीमा बेलकोटगढी नगरपालिका वडा नं ५ र ६ दुईपिपल र वडा नं ७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयमा झडप भएको थियो ।

सो झडप रोक्न प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार लाखे नाच अन्तर्गतको हिले जात्रा हेर्न पुगेका जात्रालुहरु दुई समूहमा विभाजित भएर झडप हुदाँ दुब पक्षका १० जना घाइते भएका छन् ।

घाइते हुनेमा बेलकोटगढी–६ का दीपराज लामा, प्रवीन तामाङ, प्रकाश तामाङ र सुब्बा तामाङ छन् भने बेलकोटगढी–७ रातमाटेका किरण लामा, चतुरमान लामा, अरुण अधिकारी, शम्भु कुँवर, निमा लामा र प्रदीप लामा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएकाहरुको टाउकामा चोट तथा हात र खुट्टा भाँचिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...