राप्रपा प्रजातान्त्रिक पनि हिन्दुवादी पार्टी

‘हामी फुट्दा अरुलाई दोष किन ?’ : राणा

Pasupati samshr rana

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राज्य र राजसंस्था मान्दै आएको छ । त्यही पार्टीबाट अलग्गिएर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पनि हिन्दु राज्य राजसंस्था मान्ने संकेत गरेको छ ।

कमल थापाले उठाउँदै आएको विचार र उदेश्यसँग वेमेल भएर विभाजन भएको राप्रपा प्रजातान्त्रिकले सोही विचार अंगाल्ने एराप्रपा (राष्ट्रवादी) सँग एकताका लागि पनि राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा निर्णय लिनसक्ने बताइएको छ ।

रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक मुलुकको धर्म, परम्परा र संस्कृतिलाई मान्ने पार्टी हो । मुलुकको गौरवमय इतिहास, समृद्ध संस्कृतिमा हामी अभिमान लिन्छौं ।’

राजंसंस्था र हिन्दु अधिराज्य बारेको निर्णय औपचारिक बैठक बसेर लिइने राणाको भनाई छ । हिन्दु अधिराज्यको मुद्या लिएर दक्षिणले समेत पत्याएको हो भन्नेमा उनले भने, ‘त्यसो हुन्थ्यो भने कमल थापाले ठूलो समर्थन पाउनुपथ्र्यो ।’ उनले मुलुकको परम्परा र धर्मको रक्षाप्रति आफूहरूमा जिम्मेवारीबोध भएको समेत बताए ।

उनले यस्तो बताएपछि डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) सँग एकताको बाटो खुल्ने आँकलन गरिएको छ ।

पार्टी विभाजनपछि थापाको बर्बराहट
आइतवार मात्रै नयाँ पार्टी खोलेका अध्यक्ष राणाले पार्टी विभाजनमा पूर्व राजा, प्रधानमन्त्री शेरबहादुर देउवादेखि हिन्दुस्तानसम्मको भूमिका देख्नु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको बर्बराहट भएको टिप्पणी गरेका छन् ।

‘राप्रपा प्रजातान्त्रिक गठनमा कुनै पनि बाह्य शक्तिको भूमिका छैन’, उनले भने, ‘आफ्नो भारतमा नातासम्बन्ध रहेको आधारमै भारतले नयाँ पार्टी खोल्न भूमिका खेलेको भन्नुको कुनै तुक छैन ।’

‘पशुपति शमशेर राणासँग पार्टी गठन गर्ने क्षमता छ, नेपाली राजनीतिमा प्रभाव पार्दै आएका साथीहरूको साथ छ’ उनले भने, ‘अरु कसैको सहयोग चाहिदैन र बहकाउमा बहकिँदैन ।’

कमल थापाले एकलौटी र मनोमानी ढंगले पार्टी चलाउन खोजेकाले आफू कठोर निर्णय लिन वाध्य भएको बताए । उनले थापाले पार्टी विभाजन भएपछि रन्थनिएर आरोप लगाएकाले आफुले त्यस विषयमा खासै टिकाटिप्पणी नगर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...