तेह्रथुमका १५ घर पहिरोको उच्च जोखिममा

Pahiro 29

तेह्रथुम,। तेह्रथुमको घुम्तीचोक र बतासे बस्तीका करिब १५ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

मेन्छ्यायेम गाउँपालिका– ६, मोराहाङस्थित एक सातायता यो क्षेत्रमा परेको भारी वर्षाका कारण यी गाउँका १५ घर पहिरोको जोखिममा परेका हुन् ।

नजिकको ताङमाया खोलाले निर्माणाधीन जिरीखिम्ती–मोराहाङ सडक खण्डमाथिबाट पहिरो तान्न थालेको छ ।

खहरेखोलामा समेत पानीको बहाव बढेको छ । बस्तीको आडको रुपमा रहेको जमिन लच्किएका कारण घुम्तीचोक र बतासेका बासिन्दाको दुई दिनदेखि निद्रा हराएको छ ।

चार परिवार भने घर छाडेर छिमेकीको घरमा बसिरहेका स्थानीयवासी नरेन्द्र खापुङले जानकारी दिए ।

‘पहिरोले घर बगाउने डर भएपछि घुम्तीचोकका चार परिवारले घर छाडेका छन्,’ उनले भने ।

मंगलबार यहाँका बासिन्दाले जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायत संघ संस्थालाई समेत पहिरोले गाउँ नै जोखिममा पारेको बारे जानकारी गराएका छन् ।

पहिराले गाउँनै जोखिममा पारेको भन्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

पहिरोको जोखिम रहेको क्षेत्रको मेन्छ्यायेम गाउँपालिकाले समेत अनुगमन गरी सचेत रहन भनेको छ ।

घुम्तीचोक भएर जिरीखिम्तीदेखि मोराहाङ, श्रीजुङ, पौठाकबाट सम्दु जोडिने सडक निर्माण भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...