जबर्जस्ती करणी बाट पीडित बालिका न्याय माग्दै

12 09 2016 dra
गौशाला, । जबर्जस्ती करणी उद्योगबाट पीडित भएको भन्दै न्यायका लागि एक बालिका जिल्ला सदरमुकाम जलेश्वरमा पुगेकी छिन् । स्थानीय कैलाश ठाकुर हजामका छोरा ३२ वर्षीय विजय ठाकुरले आफू घरमा एक्लै भएको मौकामा आएर उनलाई आँगनमा लछारपछार गर्दै लडाएर लुगाफाँटा च्यातिदिएको, शरीरभरि घाउ बनाइदिएको र संवेदनशील अंग समातेर जबर्जस्ती करणीको प्रयास गर्दा चिच्याएपछि छिमेकी आइपुगेकाले पिडक भागेको उनले बताइन् । जिल्ला प्रहरी कार्यालयमा मंगलबार पुगेकी पीडित बालिकाको जाहेरी समेत प्रहरीले दर्ता गर्नुको साटो स्थानीयस्तरमा रहेको आफ्नो मातहतको प्रहरी चौकीले बालिका विरुद्ध जबर्जस्ती करणी उद्योग नभएको केवल दुबै जनाबीच झै–झगडा र गालीगलौज भएको जनाएको जानकारी दिएको छ । साथै यस घटनालाई स्थानीयस्तरमा दुबैका पक्षबाट आएका नेता र बुद्धीजीवी तथा सरदुमकाममा समेत राजनीति गर्ने नेता मिलाउने पक्षमा जुटे पनि आफू कुनै पनि हालतमा यस घटनामा मिलापत्र नगर्ने जिद्दी गरेपछि उनीहरुबीच मिलापत्र हुनसकेन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...