लोहनीको ‘हलो’ मा राणाको लफडा

Rpp halo

काठमाडौं । आइतवार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकाएक बरिष्ठ नेता पशुपति समशेर राणाले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिए । त्यसबेला एकाथरी नेताहरु निर्वाचन आयोगमा र अर्काथरी नेताहरु संसद सचिवालयमा ब्यस्त थिए ।

बरिष्ठ नेता राणाले ४० प्रतिशत संख्या पु¥याएर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरेपछि अहिले माउ पार्टी र नवजात पार्टीबीच कार्यकर्ता तानातान भइरहेको छ ।

अचम्मको कुरा त के भने माउँ पार्टीबाट कार्यकर्ता तानातान गर्नु स्वभाविकै हो । तर, अर्काे पार्टीको चुनाव चिन्ह नै तानातान गर्नु कहाँसम्मको कुरा होला त ?

आइतवार नयाँ पार्टीको जन्म दिएपछि सोमबार पत्रकार सम्मेलन गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता स्व. सूर्यबहादुर थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाको फोटो अंकित व्यानर राखिएको थियो । तर, सो व्यानरमा चुनाव चिन्ह चाँही थिएन ।

तर, निर्वाचन आयोगमा भने चुनाव चिन्ह ‘हलो’ मागिएको छ ।

राप्रपा प्रजातान्त्रिकले चुनाव चिन्ह ‘हलो’ मागेपछि डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरिरहेको एकीकृत राप्रपा (राष्ट्रवादी) का प्रचार प्रसार समितिका सचिव जनकराज पाठकले निर्वाचन आयोगले नै प्रमाणित गरिसकेको चुनाव चिन्ह अनाधिकृत रुपमा प्रयोग भइरहेकोमा आपत्ति जनाउँदै फेसबुकमा पोष्ट गरे ।

त्यसलगत्तै नवगठित राप्रपा प्रजातान्त्रिक र एराप्रपा (राष्ट्रवादी) का कार्यकर्ताबीच चुनाव चिन्ह ‘हलो’ को विषयमा फेसबुकमै जुहारी चल्यो । आरोप प्रत्यारोप पनि चल्यो । निर्वाचन आयोगले पनि एराप्रपा (राष्ट्रवादी) ले दिएको निवेदनअनुसार नै चुनाव चिन्ह ‘हलो’ प्रमाणित गरिसकेको छ ।

‘हलो’ मै किन लफडा ?
राजावादी पार्टी भनेर चिनिएको राप्रपा नेपालसँग एकता गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह हलो थियो । तर, फागुनमा पहिलो साता भएको एकता महाधिवेसनपछि बसेको केन्द्रीय समिति बैठकले बहुमतको बलमा कमल थापाले चुनाव चिन्ह गाई रहने पारित गराए ।

त्यसको विरोधमा डा. प्रकाशचन्द्र लोहनीले १० बुँदे आरोप लगाउँदै राप्रपा परित्याग गरी एराप्रपा (राष्ट्रवादी) गठन गरे । उनले निर्वाचन आयोगमा राप्रपाकै विडो थाम्ने गरी हलो चुनाव चिन्ह मागे ।

अहिले निर्वाचन आयोगले राजनीतिक दलको मान्यता दिँदै चुनाव चिन्ह पनि पनि प्रमाणित गरिसकेको छ । अहिले राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) ले पनि चुनाव चिन्ह हलो दावी गरिरहेको छ ।

लोहनी र राणा दुबैले ‘हलोले भलो गर्छ’ भन्दै आएका छन् । अघिल्लो संविधानसभाको निर्वाचनसम्म हलो चिन्हबाट चुनाव लडेका नेताहरु स्थानीय तहको निर्वाचनमा गाई चिन्ह लिएर जाँदा जनताले राप्रपाका नेताहरुलाई नौटंकी नेताको संज्ञा दिएका थिए । त्यही भएर पनि राणाको पार्टीले हलोको दावी गरिरहेको छ ।

राणा पक्षले लोहनीसँग एकता गन सकिन्छ भनेर पनि ‘हलो’को दावी गरेको हुनसक्ने धेरैको बुझाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...