मोवाइलको क्यामेराबाट सिधै लाइभ हुने फिचर ल्याउँदै फेसबुक

एजेन्सी । सोसल नेटवर्किङ साइट फेसबुकले निकट भविष्यमै फेसबुक लाइभका निमित्त यस्तो नयाँ फिचर ल्याउँदैछ जसको माध्यमबाट तपाईं सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्न सक्नुहुनेछ ।

अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट बक्सभित्र छिरेर मात्र गो लाइभमा जानु पर्दथ्यो ।


नयाँ अपडेटसँगै फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक क्यामरा स्क्रिनबाट सिधै भिडियो रेकर्ड गर्न सक्नेछन् र लाइभ गर्न सक्नेछन् । फेसबुकले यसअघि लाइभ अडियो र जिआइएफका लागि फिचर ल्याइसकेको छ ।

समाचार अनुसार फेसबुकको नयाँ पाइलट भर्सनसँग यो फिचर आउनेछ । अहिले यो भर्सन प्रयोगकर्ताका लागि उपलब्ध छैन ।

यसअघि सन् २०१५ मा फेसबुकले सेलिब्रेटीहरुका लागि लाइभ भिडियो फिचर सुरु गरेको थियो । पछि त्यसलाई एन्ड्रोइड र आइओएसमा पनि सुरु गरियो र अन्ततः डेक्सटपमा पनि फेसबुकले लाइभ फिचर थप गर्यो ।

नयाँ फिचरसँगै प्रयोगकर्ताले आफ्नो कुनै फेसबुक स्टोरीको साथमा पनि लाइभ गर्न सक्दछन् । त्यसका अलावा भिडियोलाई लाइभ र स्टोरी दुबै प्रकारले शेयर गर्ने विकल्प रहन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...