राजपाले सरकार र संसद दुवै छाड्ने

Unnamed 4 1 768x465

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरिरहेका छन् ।

तीन दिनपछि सकिएको केन्द्रीय कार्यसमितिको बैठकपछि आफ्नो कुरा राख्दै पार्टीका संयोजक महन्थ ठाकुरले सात दिनको अल्टिमेटम दिएर सरकारबाट समर्थन फिर्ता लिने धारणा राखेका छन् ।

संसदबाट राजिनामा दिएर सरकारबाट पनि आफ्नो समर्थन फिर्ता लिएर आन्दोलनमा जानुपर्ने कुरा बैठकमा उठेपछि संयोजक ठाकुरले सो धारणा राखेका हुन् ।

‘सरकारले मधेशको माग पूरा गर्ने विषयमा कुनै कदम चालिरहेको छैन, यस अवस्थामा सरकारलाई समर्थन दिइ राख्नु राम्रो होइन, यद्यपी शुरुमा सात दिनको अल्टिमेटम दिने त्यसपछि पनि सरकारले काम गरेन भने फिर्ता लिन्छौ,’ उनले भने, ‘अहिलेसम्म हामी संसदमा छौं, जुन संसदमा हाम्रो भूमिका रहदैन, राज्यले भूमिका विहिन बनाइदिन्छ, त्यही दिन संसदबाट पनि राजिनामा दिएर आन्दोलनमा जान्छौं ।’

बोलाएको बेला वर्तामा जाने र कुरा गरेकोमा त्यसलाई कमजोरी नठान्न पनि उनले आग्रह गरे । राज्यले मधेशी जनतालाई नेपाली नागरिक समेत नसम्झेको आक्रोश पोख्दै उनले सबै क्षेत्रमा समावेशी हुनुपर्ने धारणा राखे ।

बबरमहलमा तीन दिनसम्म चलेको बैठकमा चुनावमा जाने कि नजाने विषयमा चर्को बहस भएको थियो । मंगलबार सकिएको बैठकको निर्णयबारे जानकारी गराउनका लागि राजपा नेपालले विहिवार पत्रकार सम्मेलन गर्दैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...