युवा पलायन रोक्न सरोकारवालाको जोड

Dsc09660

काठमाडौं । दैनिक १५ सय युवा रोगजारीमा विदेसिने गरेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

विश्व अन्तर्राष्ट्रिय युवा दिवसको अवसरका रोटरी क्लब जावालाखेलले मंगलबार आयोजना गरेको कार्यक्रममा युवाको दिनानुदिन विदेशिने युवा शक्तिलाई रोक्न नसक्दा देहमा युवा शक्ति नै नपाउने अवस्था आउने सरोकारवालाहरुले चेतावनीसमेत दिएका छन् ।

उनीहरुले अबको युवा पलायन रोक्न युवा नै सक्रिय बन्नुपर्नेमा पनि जोड दिएका छन् । उनीहरुले दैनिक १५ सय युवा शक्ति विदेसिनु देशकै लागि घातक भएकाले यसलाई रोक्न सरकार लाग्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा रोटरी क्लबका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले अस्थिर राजनीतिले गर्दा पनि देशका युवा शक्ति विदेश पलायन भएको बताए । उनले देशको विकास गर्न युवा शक्ति जागरुक हुनुपर्ने बताए । उनले युवा शक्ति लागे मात्र देशले चाडै मुहार फेर्न सक्ने बताए ।

नेपालमा भएका ८ लाख युवामध्ये दैनिक १५ सयको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । युवाहरु विदेशिदा रेमिट्यान्स भित्रिए पनि विकासका काम भने रोकिने गरेको छ ।

विश्व शान्तिको लागि युवा एकता भन्ने मुल नाराको साथ रोटरी क्लब जाउलाखेलले गरेको सो कार्यक्रममा रोटरी क्लवका सुवोधराज बस्नेत, डा.विरेन्द्र पोख्रेल, प्रकाशबाबु श्रेष्ठ, शारदा पोख्रेल लगायतले युवाहरुको बढ्दो पलायन रोक्न सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...