२० जिल्ला राप्रपा प्रजातान्त्रिकमा समाहित भएको हल्ला मात्र

Rpp new

काठमाडौं । नयाँ पार्टी गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आफुलाई तत्काल २० जिल्लाको समर्थन रहेको बताई रहेका बेला विभिन्न जिल्ला अध्यक्षहरुले आफ्नो समर्थन नरहेको दावी गरेका छन् ।

राप्रपा प्रजातान्त्रिकले धनकुटा, चितवन, रुपन्देहीलगायत राप्रपाका २० वटा जिल्ला कार्य समितिले राप्रपा प्रजातान्त्रिकमा समाहित हुने निर्णय गरेको उल्लेख गरेको थियो । तर, विभिन्न जिल्लाका सभापतिहरुले आफुहरुले त्यस्तो कुनै निर्णय नगरेको प्रष्ट पारेका छन् ।

राप्रपा प्रजातान्त्रिकले समर्थन गर्ने निर्णय गरेको भनिएको धनकुटा जिल्ला कार्य समितिका अध्यक्ष कुमारबहादुर थापाले आफुलाई कुनै जानकारी नहेको बताएका छन् । उनले निशान न्युजसँग आफुले फेसबुकमार्फत थाहा पाएको तर, जिल्लाका कुनै निर्णय नगरेको बताए ।

अध्यक्ष थापाले आफु काठमाडौंमै भएको र जिल्लामा कुनै बैठक नबसेको प्रष्ट पारे । ‘जिल्लाको बैठक बसेको छैन, खै कसरी समाहित गरेको कुरा आयो, मलाई थाहा छैन’ उनले भने, ‘जिल्लाले बैठक नै नबसी कसरी समहाति गरेको निर्णय गर्न सक्छ र ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...