दोष थुपार्दै सरकारबाट बाहिरियो राप्रपा

Kamal thapa deuwa

काठमाडौं । सोमबार वरिष्ठ नेता पशुपतिशम्शेर राणाले पार्टी फुटाएपछि राप्रपाले त्यसको रिस सरकारमाथि पोखेको छ ।

राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेपछि त्यसको दोशी सरकार रहेको भन्दै राप्रपाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको हो । पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

राप्रपाले पार्टी फुटाउन कांग्रेस र विदेशी शक्ति लागेको आरोप लगाउँदै आएको छ । यसअघि राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि राप्रपा फुटाउन लागको आरोप लगाएका थिए ।

नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने षड्यन्त्र अनुसार आफ्नो पार्टी फुटाएको आरोप पनि लगाएको छ । राप्रपा देउवा नेतृत्वको सरकारले राष्ट्रिय एकता दिवस मनाउन गरेको आग्रहलाई उपेक्षा गरेको आरोप पनि लगाएको छ ।

राष्ट्रवादी एवं हिन्दुराष्ट्र पक्षधर शक्ति बलियो भएको देख्न नचाहने राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह, शक्ति केन्द्रहरुले धेरै अघिदेखि योजनावद्ध ढंगबाट राप्रपा फुटाउने खेल खेलिएको राप्रपाको निचोड छ ।

बरिष्ठ नेता राणाले केन्द्रीय सदस्यको ४० प्रतिशत बनाएर पार्टी विभाजन गरेका थिए । त्यसलाई राप्रपाका केही सदस्यको किर्ते हस्ताक्षर रहेको वादी गरे पनि निर्वाचन आयोगले सबै प्रक्रिया पुरा गरेको बताएको छ । फुट्नुअघि राप्रपा केन्द्रीय समितिमा १६५ जना थिए । राणाले निर्वाचन आयोगमा ६४ जनाको हस्ताक्षर बुझाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...