बालुवा चोरी निकासी गर्ने १३ ट्रक नियन्त्रणमा

Old gadi 2

मेलम्ची, । अवैध रुपमा खोलाको बालुवा चोरी निकासी गर्ने १३ ट्रकलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको छ ।

सोमबार राति इन्द्रावती नदीको किनारबाट लुकिछिपी बालुवा चोरी गरी काठमाडौँ पठाउने क्रममा राति १० बजे ती ट्रकलाई इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोला निरीक्षण गर्दा ती ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरीको आँखा छलेर रातको समयमा चोरी निकासीमा संलग्न बा ४ ख ९४५४, बा ४ ख ७८४८, बा ४ ख ७५२६, बा ४ ख ५७६४, बा ४ ख ६२०८, बा ४ ख ७०५१, ना ३ ख ८९७०, बा ४ ख ६९०२, बा ३ ख ४२१८, बा २ ख ५६०४, बा ३ ख ५७५६ बा ३ ख ५२८८ र बा २ ख ५१२२ ट्रकसहित कागजपत्र बरामद गरिएको ढुंगानाले जानकारी दिए ।

ती ट्रक चोरी निकासीमा संलग्न रहेकाले तिनले जिल्ला समन्वय समितिमा जरिवाना बुझाउनुपर्ने हुन्छ । जरिवाना बुझाएपछि प्रहरीले जरिवाना बुझाएको कागजपत्र हेरेर मात्र ट्रक छाडिदिने ढुंगानाले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार २ दिन अघि मात्र चोरीमा संलग्न १२ ट्रक र दुई स्काभेटरलाई कारबाही गरिएको थियो । जिससले असार, साउन र भदौमा नदीबाट कुनै पनि सवारी साधनले बालुवा निकासी गर्न नपाउने जनाएको छ ।

नदीबाट अत्यधिक ढुंगा र बालुवा दोहन भएपछि नदीको सतह गहिरिएर खेतमा पानी नउक्लेकाले स्थानीयवासीले पटक पटक विरोध जनाए पनि तत्कालीन जिविसले बेवास्ता गर्दै आएको तिनको गुनासो छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...