दमकले ताप्लेजुङलाई ट्राइबेकरमा हरायो

Pathivara gold cup

ताप्लेजुङ । ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको फुटबल टिम दमकले ताप्लेजुङको कर्णसिंह सोनाम क्लबलाई ट्राइबेकरमा २–१ को गोल अन्तरले पराजित गरेको छ ।


सोमबार सदरमुकामस्थित भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलको निर्धारित ९० मिनेटको समयमा दुवै तर्फबाट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि नतिजा आउन नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको हो ।

दमकलाई जित दिलाउने क्रममा शिशिर राई र वुद्धिमान राईले गोल गरेका थिए । साथै ताप्लेजुङका सुवोध शाहीले आफ्नो टिमका लागि सान्त्वना गोल गरेका थिए ।

यसअघि निर्धारित समयमा कर्णसिंह सोनामका मन्जित येङदेनले खेलको २० औं मिनेटमा गोल गरेका थिए भने सशस्त्र प्रहरीका बुद्धिमान राईले पेनाल्टी मार्फत दोस्रो हापमा गोल फर्काएर खेललाई बराबर बनाएका थिए ।

आगामी ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्ने छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...