के थियो पशुपतिको पत्रकार सम्मेलनमा हल गुञ्जिने कुरा ?

Lokendra

काठमाडौं । सोमबार मात्रै नयाँ पार्टी गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपति समशेर राणाले गरेको पत्रकार सम्मेलनमा केही बेर हल गुञ्जायमान भएको थियो । त्यो गुञ्जायमान अरु केही नभएर अध्यक्ष राणाको जवाफले भएको थियो ।

त्यसरी हल नै गुञ्जायमान हुने के बोले त ? हलले सबै थाहा पाएनन् । किनभने कार्यकर्ता जति गफमै मस्थ थिए । प्रश्न उत्तर भइरहेका बेला एक सञ्चारकर्मीले तपाईको पार्टीका शीर्ष नेता लोकेन्द्रबहादुर चन्द खोई त ? भनेर प्रश्न गर्न भ्याएका थिए ।

ती सञ्चारकर्मीलाई जिल्याउँदै राणाले रुखो जवाफ दिए । उनले भने, ‘लोकेन्द्रबहादुर चन्द कहाँ हुन्छन् र ? लोकन्थलीमा छन् नि ।’ राणाको यस्तो जवाफ आएपछि सबै मुखामुख गर्दै हाँसोमा उडाएका थिए । सो पत्रकार सम्मेलनमा चन्द नआएपछि उनले यस्तो रुखो जवाफ दिएको सहभागीहरुले बताएका छन् ।

सो पत्रकार सम्मलेनमा सहभागीको ध्यान नवगठित पार्टीका सबै केन्द्रिय नेताहरु आउँछन् कि आउँदैनन् ? को को आए र आएनन् भन्ने तर्फ नै थियो । त्यसमा पनि शीर्ष नेताहरु तर्फ सबैको ध्यान गएको थियो ।

सो पत्रकार सम्मेलनमा लोकन्द्रबहादुर चन्द अनुपस्थित थिए भने उनका छोरा जयन्त चन्द भने उपस्थित थिए । ३ बजेका लागि बोलाइएको पत्रकार सम्मेलन झण्डै पौने ४ बजे मात्र सुरु भएको थियो ।

सांसद समेत रहेका सुनीलबहादुर थापाले सञ्चालन गरेको पत्रकार सम्मेलनमा दिपक बोहोरा, विक्रम पाण्डेसहितका नेता उपस्थित थिए ।

सो पत्रकार सम्मेलनमा अध्यक्ष राणाले राप्रपा अध्यक्ष कमल थापाको स्वेच्छाचारी व्यवहारले गर्दा पार्टी कमजोर भएको आरोप लगाएका थिए । उनले स्थानीय तहको निर्वाचनमा पार्टी कमजोर हुनुमा अध्यक्ष थापा प्रमुख जिम्मेवार रहेको बताए ।

यस्तो छ राप्रपा प्रजातान्त्रिकले जारी गरेको विज्ञप्ती

प्रतिकृया दिनुहोस