ट्राफिक लाईटलाई कथा नबनाउ : गृहमन्त्री शर्मा

Sharma

काठमाडौँ । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग थोरैमात्र अधिकार भएको गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बताए ।

सोमबार संसदको विकास समितीको बैठकमा बोल्दै मन्त्री शर्माले ट्राफिक व्यवस्थापन सम्बन्धी कानुनमा ट्राफिक प्रहरीलाई थोरैमात्र अधिकार भएको उल्लेख गर्दै मन्त्री शर्माले भने ‘ट्राफिकलाई सड्कमा बसेर सवारी साधन दायाँ–बायाँ पठाएर सहजिकरण गर्ने अधिकार मात्र छ ।’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा मुख्य समस्याको रुपमा संकेत बत्तिको अभाव रहेको उल्लेख गर्दै मन्त्री शर्माले प्रश्न गरे । ‘सड्कमा ट्राफिक लाईट छैन्, लाईट कसले राख्ने संकेत बत्ति राख्ने गृह मन्त्रालय वा ट्राफिक प्रहरीले हैन, यो समस्या बर्षौंदेखी कथाको रुपमा रहेको छ’ ।

‘ट्राफिक प्रहरीलाई बजेट र सामाग्री दिने हो भने तिन महिना भित्र संकेत बत्ति हाल्न सकिन्छ, हामी सक्छौं ।’सामग्री खरिद गरेर दिएमा ट्राफिक प्रहरीले नै सड्क संकेत बत्ति हाल्ने उल्लेख गर्दै उनले भने ‘यो मेरो कमिटमेन्ट हो, तर हामीलाई साधन चहियो, सामग्री खरिद गरेर दिए हामी बनाउँछौं ।’

आफुले गृह मन्त्रालय सम्हालेपछी उपत्यकाको ट्राफिक ब्यवस्थापनको समस्या कसरी हल गर्ने भन्नेबारे काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखको नेतृत्वमा टिम बनाएर काम थालेको जानकारी गराउँदै मन्त्री शर्माले स्थायी रुपमा समस्याको हल गर्न दिर्घकालीन योजना बनाउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...