ट्रक चालकलाई अनिवार्य परिचय पत्र

I card 300x188

दाङ,। दुर्घटना न्यूनीकरणका लागि ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालिएको छ ।

राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालेको समितिका प्रशासनिक सचिव उमेशचन्द मजगैयाले जानकारी दिए ।

समितिमा आबद्ध ट्रक चालकले आफ्नो परिचय पत्र साथमा लिएर मात्र गाडी चलाउन पाउने छन् । मजगैयाका अनुसार चालकले सहचालक तथा अन्य जोकसैलाई गाडी चलाउन दिँदा लापर्बाहीका कारण दुर्घटना हुन सक्ने भन्दै दुर्घटना रोक्नका लागि ट्रक चालकलाई मात्र अनुमति परिचय पत्र प्रदान गरिएको हो ।

उनले भने ‘चालकलाई अनिवार्य परिचय पत्रको व्यवस्था गरेका छौँ, हाल ४ सय ०० को हाराहारीमा परिचय पत्र वितरण भइसकेको छ,’ ।

समितिमा गाडी दर्ता भई सञ्चालन भएका ट्रकका चालकलाई परिचय पत्र अनिवार्य गरिएको छ । भदौ १ गतेदेखि समितिले यसमा कडाइ गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस