ऋण तिर्न ठिक पारेर बाकसभित्र राखेको २ लाख बाढीसँगै बग्यो

खिम्तीका शम्भु विक भन्छन्, परिवार अब कहाँँ लगेर पाल्ने ?

Khimti landslide 5985aa9c8c0a74.62803303

काठमाडौं । रामेछापको लिखु गाउँपालिका ६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै छन् । उनलाई शरीर र हातगोडा काँप्ने समस्या थपिएको छ ।

असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले घर र जायजेथा बगाउँदा मुस्किलले उनको ज्यान बचेको थियो ।

उक्त घटनाबाट पीडित उनमा शरीर र हात गोेडा काँप्ने समस्या देखिएको हो । बाढीले धार परिवर्तन गरी बस्तीमा पसेपछि उनको साढे दुईतले घर मात्रै बगेन, दुहुनो भैंसीसहित खसी, बाख्रा, कुखुरा र झन्डै ३५ धार्नीको सँुगुर पनि बगाएको थियो ।

पुर्खेउली घर गेलु पेटासी भएका उनी परिवारसहित केही वर्षअघि मात्रै खिम्ती झरेका थिए । उनले २ वर्षअघि जनहित सहकारीमा लालपुर्जा धितो राखेर कर्जा लिएको २ लाख ६८ हजार रकमले ४ रोपनी २ आना जग्गा किनेका थिए ।

उनले त्यहीं नै घर पनि ठड्याएका थिए । बाढीले उनको घरजग्गालाई बगरमा परिणत गरिदिएको छ । सहकारीलाई तिर्न ठिक्क पारेर बाकसभित्र राखेको २ लाख ६८ हजार पनि बाढीले बगायो ।

बाढीले पैसाभन्दा पनि घरजग्गा पूर्णरूपमा स्वामित्वमा ल्याउने उनको सपना बगाएर लग्यो ।‘एक दुई मिनेट ढिला गरेको भए हामी पनि बाढीसँगै बग्थ्यौं । ज्यान बचेकोमा खुसी लागेको छ ।

तर, यति खेर हामीसँग आफ्नो शरीरभन्दा केही छैन । न बस्ने ठेगान छ न त खाने कुरा नै, छिमेकीको कटेरोमा आश्रय लिइरहेका उनले बिलौना गर्दै भने, ऋण गरेर किनेको जग्गा र जोडेको घर बग्यो ।

त्यही ऋण तिर्न तयार पारेको पैसा पनि बग्यो । अहिले घरबारविहीन छु । शरीर काँप्ने रोग थपिएको छ । पहिले घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ । छिमेकीको घरमा आश्रय लिएर बस्नुपरिरहेको छ । यसरी कति दिन बस्न दिन्छन् । 

पहिले घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ । छिमेकीको घरमा आ श्रय लिएर बस्नुपरिरहेको छ । भविष्यप्रति चिन्तित हुँदै उनले भने अर्काको घरमा यसरी कति दिन बस्न दिन्छन् थाहा छैन । हामी त्यसपछि कहाँ जाने । सरकारले चाँडै व्यवस्था गरिदियोस् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...