अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

Aringal

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए । 

आइतबार घर नजिकैको वनमा गाईगोरु चराउन गएका बेला अरिङ्गालले टोकेपछि घरेलु उपचारका क्रम स्वास्थ्य संस्था लैजान नपाउँदै मृत्यु भएको पाध्यायले जानकारी दिए । अरिङ्गालको टोकाइबाट अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा ६८ वर्षीया सुन्तलादेवी थापा र १२ वर्षीया सपनाकुमारी थापा रहेका छन् । घाइते भएका दुवै जनालाई उपचारका लागि ब्रह्मतोला स्वास्थ्य चौकीमा लगिएको छ । 

अरिङ्गालले गाई–गोरु–बाख्रालाईसमेत टोकेको बताइएको छ । मृतक बालक शिवशंकर प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत गर्दै आएका थिए । 

प्रतिकृया दिनुहोस