झापामा एकसाठ्ठी प्रतिशत मुद्दा फछ्र्यौट

Law court 2900691b

 भद्रपुर । जिल्ला अदालत झापाले गएको आर्थिक वर्षमा कुल दुई हजार ५८२ थान मुद्दा फछ्र्यौट गरेको छ ।

सो अवधिमा अदालतले दुई हजार ६४० थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । अदालतमा जिम्मेवारी सरेर आएका एक हजार ७१९ मुद्दा र नयाँ दर्ता दुई हजार ५०२ थान मुद्दा गरी कुल चार हजार २२१ थान मुद्दा रहेको जिल्ला अदालतका स्रेस्तादार इन्द्रकमल प्रधानले जानकारी दिए ।

अदालतले ६० प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्यमा ६१।१७ प्रतिशत प्रगति हासिल गरेको छ ।
अदालतमा एक वर्ष भित्रका एक हजार २९३, एक वर्षदेखि १८ महिनाका २१४, १८ महिना देखि दुई वर्षसम्मका ९३ र दुई वर्ष नाघेका ३८ थान मुद्दा अदालतमा छन् । थुनुवा मुद्दा २६१ मा १४० थान फछ्र्यौट भएको र मेलमिलाप प्रकृतिका २४६ थान मुद्दामा ५५ थान मेलमिलाप गरी पठाएको बताइएको छ । मुद्दाको अङ्ग पु¥याउने दुई हजार ९३२ लक्ष्यमा दुई हजार ७८१ प्रगति भएको र मुद्दाको आन्तरिक निरीक्षणतर्फ चार हजार १४९ लक्ष्यमा तीन हजार ३३९ थान प्रगति भएको र मुलतवी मुद्दाअन्तर्गत जिम्मेवारी सङ्ख्या १७५ मा गएको वर्षमा चार थान वृद्धि भई कुल १७९ थान मुद्दामा ४६ थान मुद्दा जागेको स्रेस्तादार प्रधानले बताए ।

यसैगरी, विशेष अभियानबाट कैद भुक्तानतर्फ कुल लागत रु ६२ करोड ८२ लाख ११ हजार ११० मा रु ४७ करोड १८ लाख १६ हजार १२४ फछ्र्यौट भएको र जरिवानातर्फ कुल रु ३१ करोड ५० लाख ८७ हजार ४०३ मा रु १२ करोड ६१ लाख १६ हजार ६११ असुली भई फछ्र्यौट भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस