कुन–कुन सांसद गए राप्रपा राणा क्याम्पमा ?

Pasupati samshr rana

काठमाडौं । ‘बलेको आगो ताप्ने’ भन्ने नेपाली उखानलाई शिरोधार्य गर्दै कमल थापालाई पहिले काँध हाल्ने सांसदहरु एकाएक थापासँग सम्बन्ध विच्छेद गरेर अर्काे क्याम्पमा प्रवेश गरेका छन् ।

कमल थापाले पूर्व राप्रपा नेपालले प्राप्त गरेको समानुपातिक मतका आधारमा २७ सांसद बनाए थिए । तर, पार्टी एकता भएको साँढे ८ महिनामा विभाजन हुँदा १० जना सांसदले छाडेर क्याम्प नै परिवर्तन गरेका छन् ।

पहिले अध्यक्ष थापा क्याम्पमा रहेका ती सांसदहरुले साउन ४ मा बसेको केन्द्रिय समितिको बैठकपछि मात्रै क्याम्प परिवर्तन गरेका थिए । अहिले उनीहरु पूर्व राप्रपा अध्यक्ष पशुपति समशेर राणा क्याम्पमा प्रवेश गरेका छन् ।

यसरी क्याम्प परिवर्तन गर्नेहरुमा विराज विष्ट, सीता लुइटेल, कमलादेवी शर्मा, धानो महरा, राजेश्वरी देवी, शयन्द्र वान्तवा, रमेशकुमार लामा, रामकुमार सुब्बा, लिलादेवी श्रेष्ठ र बबिना मोक्तान छन् ।

यसअघि पूर्व राप्रपामा रहेका सुनिल थापा, दिपक बोहोरा, विक्रम पाण्डे, पर्शुराम तामाङ, जयन्त चन्द, आनन्दी पन्त, सरोज शर्मा, गीता सिंह, इस्तियाक अहमद खान, राज्यलक्ष्मी श्रेष्ठ, रेशमबहादुर लामा र लक्ष्मी थापा पासवान पनि हाल राणा क्याम्प मै छन् ।

१३ जनामा सूर्यबहादुर थापाको मृत्यु भएपछि सो स्थान अझैं रिक्त छ ।

प्रतिकृया दिनुहोस