कालीकोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

दैलेख बस दुर्घटनाका मृतकका आफन्तले शव बुझे2397


कालीकोट । खाँडाचक्र नगरपालिका– ६ दाहांँमा सडक मर्मत गरेर फर्किने क्रममा जेसिवि मेसिन (स्काभेटर) दुर्घटना हुँदा दुईजनको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् ।

दुर्घटनामा सुर्खेत छिन्चुका जेसिवि चालक ३२ वर्षीय तुलाराम धौलाकोटी र खांँडाचक्र नगरपालिका– ६ का ६० वर्षीय विष्णु शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रास्कोट नगरपालिका– ६ का छत्रबहादुर बम घाइते भएका छन् ।

घाइते बमलाई नेपाली सेनाको हेलिकप्टरमा कोहलपुर मेडिकल कलेज, नेपालगन्ज पठाएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस