८ महिनामै फुट्यो राष्ट्रिय प्रजातन्त्र पार्टी

नयाँ पार्टीमा २२ र थापासँग १५ सांसद

Rpp naya dal

काठमाडौं । पार्टी एकता भएको ९ महिना नलाग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ ।

गत मंसिर ६ मा निक्कै तामझामका साथ पशुपति समशेर राणा अध्यक्ष रहेको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएको थियो । तर, एकता भएको ८ महिना १६ दिनमै राप्रपा फुटेको छ ।

साउन ४ देखि बसेको केन्द्रिय समितिको बैठकले पार्टी एक भएर जाने निर्णय गरेको थियो । त्यो निर्णय गरेको दुई सातापछि राणा समुहले राप्रपा प्रजातान्त्रिक गठन गरेका छन् ।  दुई विचार बोक्ने पार्टीबीच एकता हुँदा ३७ सांसद पुगेका थिए । त्यसबेला थापासँग २४ सांसद राणासँग १३ सांसद थिए । अहिले राणा पक्षमा २२ सांसद पुगेका छन् ।

नवगठित राप्रपा प्रजातान्त्रिकसँग तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे छन् भने कमल थापा पक्षधर विराट विष्ट, जयन्त चन्द, रेशम लामासहित २२ जना सांसद छन् ।

नवगठित राप्रपा प्रजातान्त्रिक अहिले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेको छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...