सशस्त्र प्रहरी नायव महानिरीक्षक बानियाबाट तालिम समापन

Nepali armed police a

सुर्खेत, । मध्य पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय महेश्वरी बाहिनी सुर्खेतमा संचालित सि.सं. २२८ सीमा सुरक्षा तथा भन्सार गस्ती तालिम सम्पन्न भएको छ ।

उक्त तालिमको साउन २२ गते सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बसन्त कुमार बानियाले समापन गर्नुका साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक बानियाले सो अवसरमा प्राप्त म्याण्डेट बमोजिमको जिम्मेवारीलाई व्यावसायिक तवरबाट पुरागर्न सधैं लागिरहनुपर्ने बताए  ।

उनले सीमा सुरक्षा, भन्सार गस्ती लगायतका विषयवस्तुमा आधारित यस्ता किसिमका उन्नत तालिमलाई महत्वपूर्ण मानिने चर्चा गर्नुहुँदै प्रशिक्षार्थीहरुले तालिममा सिकेको ज्ञान र सीपलाई कार्यक्षेत्रमा उपयोग गरी प्रभावकारी एवं त्रुटिरहित ढंगबाट पदीय दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक चन्द्रबहादुर रास्कोटीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् ।
गत चैत्र ६ गतेबाट संचालित उक्त तालिममा कूल ५० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए । प्रशिक्षार्थीहरु मध्ये सशस्त्र प्रहरी जवान नारायण चौधरीले सो तालिममा प्रथम स्थान हासिल गरेका छन् ।

 

प्रतिकृया दिनुहोस