निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग

काठमाडौँ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ माथि प्राप्त संशोधन प्रस्तावमाथि आजदेखि छलफल शुरु भएको छ ।
समितिको आजको बैठकमा बोल्ने अधिकांश सदस्यले विद्यमान निर्वाचन प्रणालीलाई परिवर्तन गरी कम खर्चिलो र छरितो बनाइनुपर्ने सुझाव दिए ।
मतपेटिका ठूलो र झन्झटिलो भएको भन्दै सांसदले निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र पारदर्शी बनाउन विद्युतीय मतदानको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
बैठकमा गृहमन्त्री जनार्दन शर्माले विधेयकमा परेका संशोधनलाई समावेश गरी विधेयक संशोधन गर्न निर्वाचन आयोगलाई आग्रह गर्दै त्यसका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार कि आयोगलाई दिनुपर्ने या त कानूनमै स्पष्ट व्यवस्था गरिनुपर्ने बताए ।
सांसद आनन्दप्रसाद ढुंगाना, शक्तिबहादुर बस्नेत, रेखा शर्मा, रामहरि खतिवडा, धनीराम पौडेललगायतले निर्वाचन प्रणालीलाई सरल र व्यवस्थित बनाइनुपर्नेमा जोड दिए ।
बैठकमा २० सांसदले अवधारणा राख्नुभएको थियो । प्रस्तुत विधेयकका ३५ विषयमा २५९ संशोधन परेको छ । संविधानको धारा ५६ (१) मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना, संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था उल्लेख छ । धारा १७६ मा प्रदेशसभाको गठनसम्बन्धी व्यवस्था छ ।
धारा २४६ मा निर्वाचन आयोगले संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने व्यवस्था रहेबमोजिम प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्न उक्त निर्वाचन सम्बन्धमा बनेको विधेयक गृहमन्त्री शर्माले संसद्मा पेश गर्नुभएको थियो ।
प्रदेशसभा सदस्यको निर्वाचन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकाले संविधानको धारा २९६ को उपधारा (१) बमोजिम संसद्ले सो ऐन(विधेयक) बनाएको हो । रासस
सम्बन्धित समाचार
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
सहकारी ठगी प्रकरणमा फरार नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ
काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । उन...
भुकम्प दिवसकै दिन सिन्धुपाल्चोकमा गयो ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । १० व...
रघुजी पन्त शिक्षामन्त्री नियुक्त, हटाइए कुलमानको पक्षमा बोल्ने उर्जा राज्यमन्त्री
काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् । नेकपा (एमाले) नेता रघ...
रोमानिया जान नपाउँदा श्रृंखलाबद्ध चोरीमा संलग्न थिए धनकुटाका सोभित खड्का, धरानबाट यसरी समातिए
धनकुटा । केही समययता धनकुटामा श्रृंखलाबद्ध चोरकिा घटना बढ्न थालेपछि धनकुटाका व्यापारी र व्यवसायी ...
धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र
धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
प्रतिकृया दिनुहोस