रौतहटमा चार बालिकाको मृत्यु घटनाबारे जवाफ दिन सरकारलाई निर्देशन
सांसद्हरुको प्रश्न ,प्रधानमन्त्रीले १५ दिनभित्र काठमाडौँका सडकका खाल्डा पुर्न दिएको निर्देशन काहाँ पुग्यो ?

काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराकी छन् ।
उनले व्यवस्थापिका– संसद्को अर्को बैठकमा सोमबार जवाफ दिन सरकारलाई निर्देशन दिइन् । त्यसअघि आजको बैठकको प्रारम्भमा समय माग गर्दै नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सो सडक निर्माणमा संलग्न ठेकेदारको लापरबाहीको आलोचना गरे ।
उनले आफूहरूले यस्ता घटना हुन नदिनेतर्फ आवश्यक प्रयास गर्न सरकारको पटक÷पटक ध्यानाकर्षण गराएको तर त्यसको सुनुवाइ नभएको बताउँदै मृतक बालिकाका अभिभावकलाई क्षतिपूर्तिको व्यवस्था गर्न र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्न माग गरे । देशका विभिन्न भागका सडकका खाल्डा नपुरिँदा हालैका दिनमा ११ बालबालिकाको मृत्यु भइसकेको जानकारी पनि उनले दिए ।
सांसद ढकालले गरुडा घटनालगायत सडकका खाल्डामा डुबेर ज्यान गुमाएका तथा त्यस्तै प्रकृतिका घटनाका सम्बन्धमा सरकारले सदनलाई जानकारी नदिएसम्म संसद्को कारबाही सञ्चालन गर्न नदिने भनेपछि एमालेका सबै सांसद आआफ्नो आसनबाट उभिनुभएका थिए ।
विपक्षी दलले उठाएका विषयमा सरकारलाई गम्भीर हुन सभामुखले निर्देशन दिँदै अर्को बैठकमा सरकारबाट जवाफ आउने प्रतिबद्धता व्यक्त गरेपछि एमालेका सांसद आआफ्ना आसनमा बस्नुभएपछि बैठक सञ्चालन भएको थियो ।
खाल्डा पुर्ने काम नसकिएकामा आपत्ति
आजको बैठकको शून्य समयमा सांसद् रामहरि खतिवडाले प्रधानमन्त्रीले १५ दिनभित्र काठमाडौँका सडकका खाल्डा पुर्न निर्देशन दिए पनि काम नभएकामा आपत्ति जनाउँदै रौतहटमा चार बालिकाको मृत्यु हुनु अति पीडादायी घटना हो भने ।
सांसद रामनारायण बिंडारीले सडकमा खनिएको ‘एम्बुसरुपी’ खाडलले बालिकाहरुको ज्यान लिएकाले खाल्डा खन्ने तर नपुर्नेलाई कारबाहीको माग गरे । सांसद रामअयोध्या यादवले गरुडामा सामान्य असावधानीका कारण बालिकाहरुले जीवन गुमाएकामा दुःख व्यक्त गरे ।
सांसद विकास लम्सालले सरकारले आगामी मंसिरमा संघ र प्रदेशको निर्वाचनका विषयमा प्रक्रिया सुरु नगरेको भन्दै गुनासो गर्नुभयो । सांसद बैजनाथ चौधरीले काठमाडौँलाई जोड्ने महत्वपूर्ण राजमार्ग पटक पटक अवरुद्ध भएकाले त्यसको निर्माणलाई गति दिन सरकारको ध्यान आकर्षण गराए ।
सम्बन्धित समाचार
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनु...
धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र
धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...
प्रतिकृया दिनुहोस