सिफलबाट ट्रकमा चढेर सचेत युवा पुगे ललितपुर बंगलामुखी मन्दिर सरसफाइमा  

Bangalamukhai

काठमाण्डौ । सचेत युवा नेपालु लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल,गौश्वाला,नयाँ बानेश्वर चोक हुँदै शनिवार एक हुल मानिस ललितपुरतिर लागे ।

शंखमुलको पुल नजिकै ट्रकबाट ओर्लिएर हिडेपछि उनीहरू ललितपुरको बंगलामुखी मन्दीरपरिसर वरिपरि हातमा पञ्जा लगाउदै कुचो,सावेल,ब्रसले सफा गर्दा स्थानीय समेत अचम्मित मानेर हेरिरहे ।

सामाजिक सञ्जाल फेशबुक अभियानबाट संगठित युवा युवती स्वतस्फूर्त आवद्ध भएर उनीहरू सरसफाइमा जुटेका हुन् ।

३०३५ जनाको समुहमा आएका उनीहरूले मन्दीर परिसरमा भएको फोहोर व्यवस्थापन गरेका छन् । बंगलामुखि मन्दिर व्यवस्थापन समितिले पछिल्लो समय मन्दिर पुनः निर्माण पेन्टीङका कार्य समेत अगाडि बढाएको छ । सो मन्दिरमा पर्वबाहेक अन्य समयमा समेत भक्तजनको भिड लाग्ने गरेको छ ।

 

प्रतिकृया दिनुहोस