काठेपुल सहित झोलुंगे पुल बगेपछि आवातजावतमा समस्या

Kathe pul nhuda

डोल्पा । डोल्पाका विभिन्न स्थानमा आएको बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानलाई जोड्ने काठेपुल र झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या भएको छ ।

ठूलीभेरीको उद्गमस्थल मानिने उपल्लो डोल्पाका विभिन्न स्थान हुँदे आउने भेरी नदीमा विगत वर्षभन्दा यस वर्ष पानीको बहाव उच्च भएपछि ठाउँ ठाउँमा क्षति पु¥याएको स्थानीयवासी ओम गुरुङले बताए ।

साउन लागेदेखि मात्रै उपल्लो डोल्पामा दर्जनभन्दा धेरै काठेपुलसहित एक झोलुंगे पुल बगाएको छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए ।

बाढीको उच्च बहावले छार्काताङसोङ गाउँपालिका मुकोट कागकोटमा पर्ने भेरी नदीमा रहेको पुरानो झोलुंगे पुलसमेत बगाएको छ । भारी वर्षात्सँगै ठूलोभेरी नदीमा आएको बाढीले फलामे पुलसमेत बगाएको उहाँको भनाइ छ ।

विभिन्न स्थानमा लगाइएको काठेपुल तथा झोलुंगे पुल बगाएपछि उपल्लो डोल्पाका छार्काताङसोङ, डोल्पो बुद्धलगायत गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा आवतजावत गर्न समस्या भएको छ । यसबाट यार्सागुम्बा व्यापारका लागि छिमेकी चीनको तिब्बत जाने व्यापारीलाई मर्का परेको छ ।

वर्षौदेखि सञ्चारविहीन उपल्लो डोल्पाका लागि नेपाल खाद्य संस्थानले उपलब्ध गराएको नुन तथा चामल वितरण गरिने समय यतिखेर नै परेको छ ।

उपल्लो डोल्पाका लागि खाद्यान्न तल्लो डोल्पामा पर्ने हवाई मार्ग तथा पैदल मार्गबाट ढुवानी गर्न ढिला हुनाका साथै ढुवानी रकमसमेत महंँगो पर्ने भएकाले हरेक वर्ष काठमाडौँ बाट चीनका केरुङ तथा क्याटु नाकाबाट ढुवानी हुने गरेको नेपाल खाद्य संस्थान डोल्पा प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए ।

क्याटु तथा केरुङबाट खाद्यान्न लैजानका लागि चीनसँग सडक अनुमति मागिए पनि अनुमति नआएको जोशीले बताए । गत आवमा उपल्लो डोल्पाका लागि चार हजार ५ सय क्वीन्टल खाद्यान्न स्वीकृत भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...