जुम्लाका उम्मेदवारले अझै चुनावी खर्च विवरण बुझाएनन्

Jumla

जुम्ला । वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा भाग लिएका ५ सय ४ जना उम्मेदवारले अझै चुनावमा भएको खर्चको विवरण बुझाएका छैनन्।

चुनाव सम्पन्न भएको मितिले ३५ दिनभित्र विवरण बुझाउनु पर्ने नियम भए पनि अहिलेसम्म झण्डै आधाजसो उम्मेदवारले खर्च विवरण नबुझाएको जुम्लाका जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए।

चुनावमा भाग लिएका १ हजार १९८ उम्मेदवारमध्ये ६ सय ९४ जनाले मात्र विवरण बुझाएको सुवेदीले बताए। कनकासुन्दरी गाउँपालिकाका १ सय ६८ उम्मेदवारमध्ये ६८, गुठीचौर गाउँपालिकाका ९४ मध्ये ४९, चन्दननाथ नगरपालिकका १ सय ८८ मध्ये १ सय २३, तातोपानी गाउँपालिकाका १ सय ३९ मध्ये ७८, तिला गाउँपालिकाका १ सय ५६ मध्ये १ सय ३७, पातारासी गाउँपालिकाका १ सय १६ मध्ये ८६, सिंजा गाउँपालकिाका १ सय ३० मध्ये ४६ र हिमा गाउँपालिकाका १ सय ४४ मध्ये ८३ उम्मेदवारले मात्र चुनावी खर्च विवरण पेस गरेका छन्।

निर्वाचित ३ सय ६३ उम्मेदवारमध्ये २ सय ४३ जनाबाट खर्च विवरण पेस भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ। ‘उम्मेदवारहरुलाई चुनावको खर्च विवरण पेस गर्न बारम्बार सूचना जारी गरे पनि सबैले अझै बुझाएका छैनन्,’ सुवेदीले भने।

यसरी अटेरी गर्नेहरुको नाम निर्वाचन आयोगमा पठाउने र आयोगले नै कारबाही गर्ने उनको भनाइ छ। यस्तै जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाकाको कार्यपालिका निर्वाचनमा भाग लिने ८५ जना उम्मेदवारमा २४ जनाले मात्र खर्च विवरण पेस गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...