सर्पको डसाइबाट ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित

Dsssss

वीरगञ्ज,। मध्यतराईका जिल्लामा सर्पको प्रकोप बढ्न थालेपछि ग्रामीण क्षेत्रका ६० प्रतिशत बासिन्दा सर्पको डसाइबाट प्रभावित हुन थालेका छन् ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका अनुसार अहिले वर्षा तथा अत्यधिक गर्मीको समय भएकाले सर्पको डसाइबाट प्रभावित भएका मानिस दैनिक १२ जनासम्म उपचारका लागि आउने गरेका छन् ।

उपचार गराउने बिरामीमध्ये बारा, पर्सा, रौतहत तथा सर्लाहीका ग्रामीण क्षेत्रका बासिन्दा बढी रहेको अस्पतालले जनाएको छ ।

एक तथ्यांकअनुसार सर्पको डसाइबाट प्रभावित भई असारमा ३ सय ६०, साउनको हालसम्म २ सय ४० उपचारका लागि अस्पताल भर्ना भएका थिए । जसमध्ये २९ जनालाई विषालु सर्पले डसेको थियो ।

अन्तिम अवस्थामा उपचारका लागि अस्पताल आएका बिरामीमध्ये ३ जनालाई थप उपचारका लागि बाहिर पठाएको अस्पतालले जनाएको छ ।

वर्षा र गर्मीको समय भएकाले दुलोबाट सर्प बाहिर निस्की घरमा बस्ने भएकाले खाली खुट्टा नहिँड्न, सतर्कता अपनाउनु नै सर्पको डसाइबाट बच्न सकिने उत्तम उपाय भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले बताए ।

पर्याप्त मात्रमा एन्टिस्नेक भ्याक्सिन भएकाले सर्पको डसाइबाट पीडित बिरामीलाई निःशुल्क औषधि दिने गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...