भरतपुर महानगरपालिकामा २ सय ३५ जितीन् रेणु दाहालले

Local election renu dahal

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् । 

एमालेका देवी ज्ञवाली भन्दा २ सय ३५ मत बढी प्राप्त गरी रेणु मेयरमा निर्वाचित भएकी हुन् । निर्वाचन कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन । भरतपुर महानगरपालिकामा वैशाख ३१ गते पहिलो चरणमै निर्वाचन भएको थियो ।

तर मतगणनाका क्रममा जेठ १४ गते राती दलका प्रतिनिधिले वडा नम्बर १९ को गणनाका क्रममा मतपत्र च्यातलेपछि विवाद विवाद भइ सो वडामा साउन २० गते पुनः मतदान भएको थियो । विवादका कारण बाँकी रहेको १९ मा पुनः मतदान गरेपछि १९ र २० नम्बर वडाको मतगणना गरिएको हो ।

भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु चुनावी मैदानमा थिइन् । उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् । दाहाल बिजय भएसंगै उनी पहिलो महिला मेयर बन्न सफल भएकी छन् ।

को हुन रेणु दाहाल ?
रेणु दाहाल माओवादी केन्द्र राज्य समिति सदस्य तथा अध्यक्ष प्रचण्डकी माहिली छोरी पनि हुन। एसएलसीसम्मको औपचारिक शिक्षा लिएकी ३१ वर्षीया रेणु २०५३ पछि माओवादीमा जन युद्धमा पूर्णरुपमा लागेकी थिइन् । जनयुद्धका लामो समयसम्म उनले भारतमा रहेर काम गरिन् । उनी अखिल भारत नेपाली महिलाको अध्यक्षहुँदलै २०५६मा माओवादी जिल्ला समितिको सदस्य थिइन् । नेपाल फर्किएपछि रोल्पाको सहइन्चार्ज र केही समयपछि उनी काठमाडौंको सहसचिव भइन् । उनले नेपालमा भन्दा पनि भारतमा धेरै ठाउँ र समयमा काम गरेकि थिइन् । उनकी बहिनी गंगा(सिलगुडीमा नारायणविक्रम प्रधानसँग बिहे भएको छ) सँगै बिहे भएको थियो पूर्णकालीन भएको केही समयपछि, रेणु १० कक्षा पढ्दापढ्दै भूमिगत राजनीति थालेकि थिइन् ।

प्रतिकृया दिनुहोस