सामाजिक कार्यमा बिइङ नेपाली

Hi

बिराटनगर । छोटो समयमा नै आफ्नो छविलाई उच्च पार्न सफल ग्रुप बिइङ नेपालीले आफ्नो सामाजिक उत्तरदायीत्वलाई पहिलेझै बहन गरिरहेको छ । यसैक्रममा विराटनगरमा जेब्रा क्रसिङबनाउन थालेको छ ।

शनिवार ग्रुप बिइङ नेपालीले बिराटनगर १ स्थित पोखरिया माध्यमिक विद्यालय अगाडि जेब्रा क्रसिङ बनाएको छ ।

विद्यालय क्षत्रेमा पनि युवाहरुले यातयातका साधन गुडाउँदा तीव्र गतिमा कुदाउने र त्यसले विद्यार्थीमा नकारात्मक असर गर्ने भएकाले सो क्षेत्रमा जेब्रा क्रसिङ बनाइएको ग्रुप बिइङ नेपालीले जनाएको छ ।

यो संस्था सामाजिक सेवामा खोलिएको संस्था हो । यसले विगतदेखि नै समाजमा विभिन्न कार्य गर्दै आएको छ । बिराटनगरका युवाद्वारा खोलिएको यो संस्थाले सामाजिक कार्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

सामाजिक सन्जालबाट खोलिएको ग्रुप सामाजिक कामको उदाहरण बनेको छ । युवाहरुको काम हेरेर बुद्धिजीवीहरुले पनि साथ दिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...