राष्ट्रपतिद्वारा दुःख व्यक्त, क्षतिप्रति गम्भीर चिन्ता

Bidhya devi

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको ढोरपाटन नगर र निसीखोला गाउँपालिकामा पहिरोमा पुरिएर शुक्रबार एकै घरका चार जनासहित छ जनाको तथा डोटीमा जिप दुर्घटनामा परी नौ जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेकी छन । 

साथै, राष्ट्रपतिले देशका विभिन्न भागमा बाढीपहिरो तथा सडक दुर्घटनामा भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

प्राकृतिक प्रकोपबाट हुने क्षति घटाउन सरकार सधैँ सजग रहनुपर्नेमा राष्ट्रपतिले जोड दिएकी छन् । उनले बाढी पहिरोलगायत प्राकृतिक प्रकोपका घटना र सडक दुर्घटनाबाट हुने जनधनको क्षतिप्रति सचेत रहन सम्बद्ध सबै सरकारी निकायलाई अविलम्ब ध्यान दिन आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...