डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ६ जना घाइते

2ca4a40abb2a3a4ed8b4b14009905768

काठमाडौं । डोटीको बोगटान गाउँपालिका–६ गगुडाधारमा गएराति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । दिपायलबाट यात्रु लिएर बोगटान क्षेत्रका लागि हिँडेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप राति १० बजे दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी बोगटान गाउँपालिका—१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तिमगर, ५० वर्षीय बुढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै ४८ वर्षीय शशीराम पुनमगर, ४५ वर्षीय ललीता देवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगर र शिखर नगरपालिका–१ कपल्केकी २८ वर्षीय चालक कृष्णबहादुर नेगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।


घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । घटनास्थल जिल्ला सदरमुकामबाट करिव पाँच घन्टाको दूरीमा भएकाले घाइतेहरुको उपचारमा समस्या भएको छ ।

शैलेश्वरी यातायात व्यवसायी समितिका अध्यक्ष गणेशबहादुर मलासीले दिएको जानकारी अनुसार, घाइते बोकेर आएको अर्को जीप के आई सिंह गाउँपालिका–१ को ध्याडीखोला भन्ने ठाउँमा पहिरो गएका कारण उतै रोकिएको छ ।

जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन । दुर्घटनाको कारण भने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...