बडिमालिका जाने क्रममा एक तीर्थ यात्रीको भिरबाट लडेर मृत्यु

Badimalika

बाजुरा । शुदूर पश्चिमको प्रसिद्ध धार्मीक स्थल बडिमालिकाको दर्शन गर्न जाने क्रममा एक जना तिर्थ यात्रीको भिरबाट लडेर मृत्यू भएको छ ।

मृत्यू हुनेमा जिल्लाको त्रिबेणी नगरपालिका वडा न २ का ५५ बर्षिय डम्मलाल जैशी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले बताए ।

मृतक जैशीको हाल कैलालीको फुलबारी नगरपालिका बि गाउमा बसोवास रहेको प्रहरी प्रमुख बोगटीले बताएका छन । सुदुर पश्चिमको धरोहर मानिने बडिमालिकामा साउन पुणिमाको अघिल्लो दिन चर्तुदशीमा भब्य मेला लाग्ने गर्दछ ।  मेलामा बडिमालिका भगवतीको दर्शन जाने क्रममा बिच बाटोमा भिरबाट लडेर अनको मृत्यू भएको हो । 

यो बर्ष साउन २२ गते मेला लाग्ने भए पनि दर्शनार्थीहरु साउन १९ गतेदेखि नै सो क्षेत्रमा जान थालेका हुन् । बडिमालिका मन्दिरमा मघ्य  तथा शुदूर पश्चिम लगायतका जिल्लासहित स्वदेशर विदेशबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् । बडिमालिका माईको दर्शन गर्नाले मनले चिताएको कुरा पुरा हुने विश्वास रहेकाले देश बाहिरबाट समेत दर्शनार्थी आउने गर्दछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...