पदकधारी खेलाडीको व्यवस्थापनमा सक्दो पहल गर्छु : खेलकुदमन्त्री  

Rajendra kumar kc

काठमाडौँ । राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि आफ्नातर्फबाट सक्दो पहल गरिने युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले बताए ।

नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले आफूलाई बधाई तथा ध्यानाकर्षण गर्ने क्रममा उनले खेलाडी र सरकारसँग अन्तरक्रिया गरेर पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने बताए ।

मन्त्री केसीले आगामी सन् २०१९ मा घरेलु मैदानमा आयोजना गरिने दक्षिण एसियाली खेलकुद सागकै बहाना गरेर भए पनि भौतिक पूर्वाधारको निर्माण गरिने बताए ।

भूकम्पका कारण क्षतविक्षत भौतिक संरचना पुनःनिर्माणका लागि उपकरण अभाव भएको हुँदा तत्काल निर्माण गर्न नसकिने बताउँदै सम्बन्धित निकायसँग सो विषयमा छलफल भइरहेको मन्त्री केसीले जानकारी दिए ।

संघका अध्यक्ष दीपक श्रेष्ठले भौतिक पूर्वाधारको विकास नभएसम्म खेल क्षेत्रको विकास नहुने बताए । संघले खेलाडीका लागि शिक्षा, स्वास्थ्य, बीमा, यातायात तथा भत्ताको व्यवस्थापन गर्नुपर्ने, पदक ल्याउने खेलाडीको वर्गीकरण गरी उनीहरुको व्यवस्थाका लागि छुट्टै नीति ल्याउनुपर्ने, पदक विजेता खेलाडीलाई नियमित भत्ताको व्यवस्था गर्नुपर्नेलगायत विषयमा मन्त्री केसीको ध्यानाकर्षण गराएको थियो ।

संघले स्थानीयस्तरदेखि अन्तरराष्ट्रियस्तरको पहिचान खुल्ने गरी खेलाडी परिचयपत्रको व्यवस्था गर्नुुपर्ने, सागमा पटक पटक पदक जितेका खेलाडीलाई सरकारले व्यवस्था गर्नुपर्नेबारेमा विशेष छलफल गर्न समेत आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...