खोलाको दोभानमा थुनिएका २७ जनाको उद्धार

Udar kanchanpur

कञ्चनपुर,। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरियो ।

गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए ।

वडाध्यक्ष जगतबहादुर सिंह, जेपी स्पोर्टस् क्लबका पदाधिकारी र सशस्त्र प्रहरी सहितको टोलीले थुनिएकाको ४ घण्टाको अथक प्रयासपछि सकुशल उद्धार गरेको जेपी स्पोर्टस् क्लबका अध्यक्ष दीपक भट्टले बताए ।

खोलाको दोभानमा थुनिएका गोठालाले घरमा फोनमार्फत जानकारी दिएपछि वडाध्यक्ष सहितको टोली उद्धारका लागि पुगेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...