बांगाबगरमा पहिरो : महाकाली राजमार्ग अवरुद्ध

Mj

बैतडी । गएराति परेको पानीले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्ड अन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा आज बिहान ७ बजे पहिरो जाँदा यातायात अवरुद्ध बनेको स्थानीय बासिन्दा सुरेश श्रेष्ठले जानकारी दिए।

बांगाबगरमा माथिबाट आएको पहिरोकाले सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । अवरुद्ध सडक खुलाउन जेसिवी लगाइएको र दिउँसोसम्म सडक पुनः सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

यातायातका साधन पूर्णरुपमा बन्द हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला र बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् ।
विसं।२०६०मा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षातको समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ । पहिरोले त्यो बेला बांगाबगरमा छ घर पूर्णरुपमा नष्ट गर्नुका साथैे १५० रोपनी जमिन बगरमा परिणत गराएको थियो ।

त्यसबेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासी चिन्तित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...