पहिरोले थुनिएको मराङ खोला खुल्यो

Marang khola

म्याग्दी । छिमेकी मल्कवाङको सिमाना आसपासबाट खसेको पहिरोले बिहीवार दिनभर थुनिएको मराङ खोला ठूलोखोला खुलेको छ ।

खोला थुनिएपछि आसपासका तटीय क्षेत्रका साथै मालिका गाउँपालिकामा पर्ने म्याग्दी खोला आसपासमा रहेका बस्तीका सर्वसाधारणसमेत त्रसित भएका थिए ।

स्थानीयवासी गमबहादुर गर्बुजाले दिएको जानकारीअनुसार पहिरोले मराङ लघुजलविद्युतको कुलोमा पनि क्षति पुगेको छ । मानवीय क्षति नभए पनि करिब २० रोपनी खेतीयोग्य जमिन बगाएको छ ।

‘पहिरोले थुनिएको खोला बिस्तारै खुल्यो, अहिले खतरामुक्त छ’, गर्बुजाले बताए । उनका अनुसार बुधबार र बिहीबार पहिरोको कारण पश्चिम म्याग्दीको जनजीवन प्रभावित बनेको थियो ।

वर्षाको समयमा खोला थुनिएको हल्ला चलेपछि दरवाङवासीसमेत त्रसित भएका थिए । खोलाको माथिल्लो क्षेत्रबाट खसेको पहिरोले थुनिएको मराङ खोलाको अवस्था बुझ्न इलाका प्रहरी कार्यालय दरवाङबाट समेत प्रहरीको टोली खटिएको थियो ।

थुनिएको खोला बिस्तारै खुलेपछि जोखिम टरेको थियो । खोला खुलेसँगै तटीय क्षेत्रमा त्रसित अवस्थामा रहेका सर्वसाधारण घर फर्किएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...