पहिरोले इलाम जाने बस बगायो, सबै यात्रु सकुसल

Kalihola

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै बुधबार राती पहिरोले बगाएर एक यात्रुबाहक बस बेपत्ता भएको छ भने एण्टा जिप पुरिएको छ ।

काठमाडौँबाट इलाम जान जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो । माथिबाट ढुंगा खस्न थालेपछि चालकले बस रोकेर सबै यात्रु झारेलगत्तै ठूलो पहिरोले बसलाई त्रिशूलीमा झारेको हो । त्यसपछि सो बस बेपत्ता भएको छ ।
नारायणगढतर्फ इच्छाकामना गाउँपालिका–६ कालीखोला नजिकै साँझ ७ः३५ बजे पहिरो खसेको थियो ।

सोही पहिरोमा परी बा १५ च ९३८१ नम्बरको स्करपियो जिपको अघिल्लो भाग पहिरोले पुरेको हो । बसको पछिपछि रहेको स्करपियो रोकेर चालक भागेर चालक पनि बचेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...