माओवादी रणनीति : शीर्ष नेता मधेशमै

Moist miting 18

काठमाडौं । दुई चरणको निर्वाचनमा तेस्रो स्थानमै चित्त बुझाएको नेकपा माओवादीले तेस्रो चरणको निर्वाचनमा आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएको छ ।

त्यसका लागि माओवादीले शीर्ष तह र केन्द्रिय तहका सबै नेताहरुलाई मधेश केन्द्रित गराउने भएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले असोज २ मा हुने २ नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको छ । त्यसकाm लागि शीर्ष नेताहरुको जिम्मेवारी समेत तोकेको छ ।

जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिरहा, नारायणकाजी श्रेष्ठ सर्लाही, रामबहादुर थापा ‘बादल’ धनुषा, हरिबोल गजुरेल रौतहट, दीनानाथ शर्मा पर्सा, चक्रपाणि खनाल ‘बलदेव’ सप्तरी, डिलाराम आचार्य बारा र विश्वभक्त दुलाल ‘आहुती’ महोत्तरी जिल्लामा खटिने छन् ।

सो बैठकले सबै प्रदेशहरुमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई सहभागी गराई पार्टी प्रशिक्षण सञ्चालन गर्ने र प्रदेशस्तरीय बैठक सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस