जनप्रतिनिधिले टेन्ट टाँगेर सडकमा थाले काम

कार्यविधी नहुँदा जिसस र स्थानीय निकाय बीचको दुरी बढ्दै

Janapratinidhi  ko kam

काठमाडौं । नगरपालिकाको कार्यालय सार्ने विवाद उग्र बन्दै गएको छ । धादिङको नीलकण्ठ नगरपालिकाको कार्यालय भाडामा बस्दै आएको थियो । सो कार्यालय सार्ने विषयमा विवाद उग्र बन्दै गएको छ ।

भाडामा बस्दै आएको नगरपालिकाको कार्यालयलाई जिल्ला समन्वय समिति भवनको तल्लो तलामा सार्ने प्रस्ताव थियो । तर, सो प्रस्तावलाई नेकपा एमालेले अस्वीकार गर्दै आएको छ ।

सो प्रस्तावमा सहमति हुन नसकेपछि नगरप्रमुख, उपप्रमुख, सबै वडाअध्यक्ष र कर्मचारीले जिल्ला समन्वय समितिको मुल गेटमै टेन्टभित्र टेबल राखेर बुधबार कार्यालय चलाएका छन् ।

बुधबार नगरपालिकाको विषयमा दिनभर चर्काचर्की भएको थियो । नगरप्रमुखसहित भवनमा पस्न खोजेपछि प्रहरीले रोकेपछि मूलढोका मै कार्यालय स्थापना गरिएको थियो ।

नगरपालिका सार्ने विषयमा बुधबारस्थानीय प्रशाासनमा बसेको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि जनप्रतिनिधिहरु र कर्मचारीले जिल्ला समन्वय समिति अगाडि कार्यालय स्थापना गरेर विरोध जनाएका छन् ।

नीलकण्ठ नगरपालिकाको बोर्डले अर्को व्यवस्था नहुन्जेल जिल्ला समन्वय समितिका तल्लो तलाका खाली कोठा माग गर्ने गरी पत्रचार गरेको थियो । तर समितिले कोठा नदिएपछि नगरपालिकाका प्रतिनिधि स्थानीय विकास मन्त्रालयसम्म कुरा पु¥याएका थिए ।

तर, प्रमुख जिल्ला अधिकारी महेश आचार्यले २३ साउनमा जिल्ला समन्वय समितिको निर्वाचन भएपछि मात्रै समितिले भवन प्रयोग गर्न दिए मात्र प्रयोग गर्न सकिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...